सर्लाही, २५ असार ।  नेकपाका नेता वामदेव गौतम समूहका नेताहरू एमालेमा फर्किएका छन् ।

बिहीबार एमाले पार्टी कार्यालय, च्यासल पुगेर नेकपा पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्य एमालेमा फर्किएका हुन् । उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।

कार्की एमालेको तर्फबाट पहिलो संविधानसभा सदस्य भएका थिए । उनी।लामो समयदेखि नेता वामदेव गौतमको समूहमा रहदै आएका छन् ।

​एमाले फर्किने नेकपाका केन्द्रीय सदस्यहरू राधेश्याम गुप्ता रुपन्देही, विद्याप्रसाद शर्मा दैलेख, वामदेव गौतम (दाङ), भोला बराल (मोरङ) र दीपक इटानी (धादिङ) रविन्द्र बम बैतडी लगायत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *