अब सरकारी कर्मचारीले रक्सी र चुरोट सेवन गर्न नपाउने

Byसदाम हुसैन

२०८३ असार २८, आइतवार २०८३ असार २८, आइतवार २०८३ असार २८, आइतवार

सर्लाही, २८ असार । सरकारले सरकारी कर्मचारीलाई धूम्रपान र मध्यपानमा निरुत्साहित पार्नेगरी आचारसंहिता जारी गरेको छ । 

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै जारी गरेको आचारसंहिताको दफा ६(झ)मा कर्मचारीले धूम्रपान र मध्यपान सहजै गर्न नपाउने गरी व्यवस्था गरिएको छ । 

आचारसंहिताको दफा ६(झ) मा भनिएको छ, ‘कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्ने, जुवातास खेल्ने, धूम्रपान गर्ने वा अन्य अमर्यादित कार्य गर्नु गराउनु हुँदैन ।’ 

यसैगरी कर्मचारीले स्वीकृति नलिइ कुनै पनि व्यक्ति वा संस्थाबाट कुनै पनि प्रकारको उपहार, आतिथ्यता स्वीकार गर्न तथा आफूलाई फाइदा पुग्ने कुनै पनि कार्यमा संलग्न हुन नहुने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *