सर्लाही, २८ असार । जेन–जी आन्दोलनका क्रममा महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले झन्डै १० महिनापछि सर्लाहीबाट पक्राउ गरेको छ ।

प्रहरीले गोप्य सूचनाको आधारमा आइतबार बिहान करिब साँढे ७ बजे लालबन्दी नगरपालिका-२ स्थित जुटपानीदेखि पुनर्वास जाने भित्री सडक खण्डबाट फरार रहेका ३८ वर्षीय विजेन्द्र कुमार पासवानलाई पक्राउ गरेको हो ।

लालबन्दी नगरपालिका-२ पुनर्वास टोल निवासी पासवान २०८२ साल भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा महोत्तरीस्थित जलेश्वर कारागारबाट डाँका मुद्दामा फरार भएका थिए । त्यसयता प्रहरी उनको खोजीमा सक्रिय रहेको थियो ।

प्रहरीले झन्डै १० महिनापछि उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *