सर्लाही, २८ असार । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयअगाडि आफैंलाई आगो लगाएका गणेश नेपालीको परिवारले शव बुझ्न अस्वीकार गरेको छ ।
महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि भएको घटनाको राज्यका कुनै अंगले जिम्मेवारी लिनुपर्ने परिवारको अडान छ ।
शनिबार अबेरसम्म सरकारी पक्षसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा संवाद भइरहेको मृतकका भतिजा मन नेपालीले बताए । ‘विभिन्न विषयमा छलफल भइरहेको छ ।
कुनै निष्कर्षमा पुगेका छैनौं,’ उनले कान्तिपुरसँग भने । सरकारबाट प्रस्ट सहमति नहुन्जेल शव नउठाउने अडान परिवारको छ । सरकारी पक्षबाट वार्ताको नेतृत्व काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले गरिरहेका छन् । गणेशका आमाबुबासहित छलफल भइरहेको छ ।
बिहीबार वीर अस्पताल भर्ना भएका उनको उपचारका क्रममा शुक्रबार ज्यान गएको थियो । गणेशको न्यायका लागि भन्दै शनिबार अस्पतालअगाडि सडकमा प्रदर्शनसमेत गरिएको छ ।
आफन्तले शव बुझ्न अस्वीकार गरेका बेला वीर अस्पतालले उनको शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगेको छ ।
त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयअगाडि आफैंलाई आगो लगाएका गणेश नेपालीको परिवारले शव बुझ्न अस्वीकार गरेको छ । महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि भएको घटनाको राज्यका कुनै अंगले जिम्मेवारी लिनुपर्ने परिवारको अडान छ ।
शनिबार अबेरसम्म सरकारी पक्षसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा संवाद भइरहेको मृतकका भतिजा मन नेपालीले बताए । ‘विभिन्न विषयमा छलफल भइरहेको छ । तर कुनै निष्कर्षमा पुगेका छैनौं,’ उनले कान्तिपुरसँग भने । सरकारबाट प्रस्ट सहमति नहुन्जेल शव नउठाउने अडान परिवारको छ ।
सरकारी पक्षबाट वार्ताको नेतृत्व काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले गरिरहेका छन् । गणेशका आमाबुबासहित छलफल भइरहेको छ ।
बिहीबार वीर अस्पताल भर्ना भएका उनको उपचारका क्रममा शुक्रबार ज्यान गएको थियो । गणेशको न्यायका लागि भन्दै शनिबार अस्पतालअगाडि सडकमा प्रदर्शनसमेत गरिएको छ ।
आफन्तले शव बुझ्न अस्वीकार गरेका बेला वीर अस्पतालले उनको शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगेको छ ।
