सर्लाही, ३२ असार । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विशेष अदालतले जारी गरेको सूचना अनुसार, पौडेलमाथि २० करोड ९० लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेको आरोप छ । विभागले पौडेलको बैंक खातामा भएको ६ लाख ३४ हजार रुपैंया जफत गर्न समेत मागदाबी गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेल सहित ६ जना व्यक्ति र १० वटा कम्पनीहरुलाई मुद्दा चलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *