सर्लाही, २ साउन । सर्लाहीको कोडेना गाउँपालिका-१ सुकेचना क्षेत्रमा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सुकेचना क्षेत्रमा लागुऔषधको बिक्री-वितरण तथा भण्डारण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले विभिन्न घर तथा स्थानमा खोजतलास गरिएको थियो ।

खोजतलासका क्रममा घर तथा बारीमा लुकाई–छिपाई राखिएको अवस्थामा २१ वटा बोरामा प्याक गरिएको ४४९.१३ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गाँजा डिजिटल तराजु ४ थान, सानो तराजु १ थान र अन्य सामग्रीसहित नियन्त्रणमा लिइएको छ ।

घटनामा संलग्न रहेको आरोपमा कोडेना गाउँपालिका–१ सुकेचनाका राहुल राजत (२८) र महादेव राजत (४६) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीले बरामद गाँजा, पक्राउ परेका व्यक्तिहरू तथा अन्य सामग्री नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *