सर्लाही, ४ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने उक्त बैठक मध्याह्न १२ बजे सुरु हुनेछ ।

बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान सहभागी हुने बताइएकाे छ । 

यस्तै, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुने कार्यक्रम रहेको छ ।

यस्तै, प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेल पनि बैठकमा सहभागी हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयासहरू तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयहरूमा केन्द्रित रहेर सरोकारवालासँग विस्तृत छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *