सर्लाही, ५ साउन ।  संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ यही साउन १२-१३ गते गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आयोगको दुई आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ साउन १२ गते र प्रमुख निर्वाचन आयुक्तको संसदीय सुनुवाइ साउन १३ गते गर्ने निर्णय गरिएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।

बैठकमा सभापति श्रेष्ठले प्रस्तावित व्यक्तिहरूविरुद्ध एक-एक उजुरी र सुझाव प्राप्त भएको बताए ।

प्राप्त उजुरी र सुझाव समिति सदस्यहरूलाई उपलब्ध गराइने र अध्ययनपश्चात साउन १२ र १३ गते सुनुवाइ हुने उनले सुनाए ।

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *