सर्लाही, ६ साउन । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने आश्वासन दिएर ठगेको आरोपमा सशस्त्र प्रहरीका पूर्व एसएसपीसहित तीन जना पक्राउ परेका छन् । 

असार १२ गते अध्यागमन विभागले ९ जना चिनियाँलाई ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको थियो। उनीहरूले गतिविधि शंकास्पद भएको भन्दै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो ।

तिनै चिनियाँहरूलाई छुटाइदिन्छु भनेर आश्वासन दिने उदयपुरका विक्रमबहादुर थापा, नवलपरासी पश्चिमका गोपालकुमार गुरूङ र सर्लाहीका नारद प्रसाद खतिवडालाई पक्राउ गरिएको अनुसन्धानका लागि हिरासतमा रहेका उनीहरूलाई छाडिदिने आश्वासन दिएर ९ लाख रुपैयाँ लिएको आरोपमा तीन जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार गोपालकुमार सशस्त्र प्रहरीका पूर्व एसएसपी हुन्। नारदप्रसाद हास्यव्यंग्य कलाकार हुन् ।

उनीहरूले पीडित पक्षलाई भेटेरै छुटाइदिने आश्वासन दिएका थिए। त्यसका लागि सुरूमा उनीहरूले ७२ लाख रुपैयाँमा मान्छे पनि छुटाइदिने र १५ वटा राहदानी पनि दिलाइदिने आश्वासन दिएका थिए ।

पछि मोलमोलाइ गरी ९ लाख रुपैयाँ ठगेका थिए। त्यसबारेमा थप अनुसन्धान गर्न उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *