सर्लाही, ७ साउन । सर्लाहीको लालबन्दी नगरपालिका –७, डुमडुमेस्थित थोक तरकारी बजारमा बुधबार दिउँसो एकजना पुरुष मृत फेला पर्नुभएको छ । 

लालबन्दी नगरपालिका –७, कै ४२ वर्षीय उमेश विश्वकर्मा तरकारी बजारको शौचालयमा मृत फेला पर्नुभएको हो । विश्वकर्मालाई शौचालय प्रवेश गर्ने ठाउँमा मृत फेला पारिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिनुभयो । 

विश्वकर्माको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । विश्वकर्माको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *