सर्लाही, ७ साउन । मधेस प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सर्लाहीको बागमती नगरपालिकाबाट २०७८ मंसिर २६ गते प्रकाशित ठेक्का प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
