सर्लाही, ८ साउन । बाढी पूर्वानुमान महाशाखाले अविरल वर्षासँगै केही जिल्लामा शुक्रबार पनि आकस्मिक बाढीको जोखिम रहेकाे जनाएकाे छ ।

महाशाखाले केही साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी गराएकाे हाे । खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुम पूर्व, रुकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे । महाशाखाले उक्त जिल्लाहरूका नदीतटीय क्षेत्रहरूमा शतर्कता अपनाउन अनुरोध गरेकाे छ। कोशी, नारायणी, कर्णाली, महाकाली र बागती लगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान रहेकाे हाे। हाल देशैभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे ।

“हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागमा सरदर भन्दा बढी माथि तथा पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *