काठमाडौँ, ८ साउन । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि बिहीबार अनशन तोडेका छन् ।
उनले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा पोस्ट गर्दै केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र डा. जितेन्द्र सिंह साथै लेह-लद्दाख सर्वोच्च निकायका वरिष्ठ नेताहरूको उपस्थितिमा आफ्नो अनशन तोडेको जानकारी गराएका छन् ।
वाङचुकले लेखेका छन्, ‘पहिले विभिन्न राजनीतिक दलका ६५ सांसदले मलाई अनशन तोड्न अनुरोध गर्दै पत्र लेखेका थिए ।’
उनले यो निर्णय लामो छलफलपछि र देशमा हिंसाको सम्भावनालाई ध्यानमा राखेर गरिएको उल्लेख गरेका छन् ।
वाङचुकले थप लेखेका छन्, ‘म यस विषयमा चाँडै छुट्टै भिडिओमा विस्तृत रूपमा बताउनेछु। यसैबिच म तपाईंहरू सबैलाई सतर्क रहन र कतै पनि हिंसा हुन नदिन आग्रह गर्दछु ।’
एनईईटी-यूजी पेपर लिकविरुद्ध भारतका विद्यार्थीहरूले एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागिरहेका छन् ।
सोनम वाङचुक पनि त्यसमा समर्थन जनाउँदै अनशनमा बसेका थिए ।
