सर्लाही, ११ साउन । व्यवसायी दीपक भट्टले थुनामुक्त हुनका लागि सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि कैफियत प्रतिवेदन माग भएको छ ।
अदालती बन्दोबस्तीको दफा ७३ बमोजिम भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सोमबार न्यायाधीश विनोद शर्माको इजलासले उनलाई थुनामा राख्न आदेश दिने विषेश अदालतसँग कैफियत प्रतिवेदन मागिएको हो ।
सर्वोच्चले विशेष अदालतलाई गरेको आदेशमा असार ३ गते पुर्पक्षका लागि थुनामा राख्ने अदेश दिइँदा लिइएका आधारको व्यहोरा खुलाएर सम्बन्धित मुद्दाको सक्कल पेश गर्न भनिएको छ ।
