सर्लाही, ११ साउन । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको निधन भएपछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई फिर्ता बोलाएको छ ।

घटनाको अनुसन्धानका लागि सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ र समितिले एक साताभित्र प्रतिवेदन बुझाउनेछ ।

प्रशासनले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *