सर्लाही, १२ साउन । एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिम छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

यसअघि प्रश्नपत्र आउट प्रकरणमा दुई जना पक्राउ परेका थिए । योसँगै पक्राउ पर्ने व्यक्तिको संख्या चार पुगेको छ । एमबीएसको प्रथम सेमेस्टरको प्रश्नपत्र आउट भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

पक्राउ परेकाहरुविरुद्ध शिक्षा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *