पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Byसदाम हुसैन

२०८३ श्रावण १२, मंगलवार २०८३ श्रावण १२, मंगलवार २०८३ श्रावण १२, मंगलवार

सर्लाही, १२ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *