सर्लाही, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

बिहान सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका सभापति लामिछानेले केही बेरअघि राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

राष्ट्रपतिसँगको भेटमा सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था र सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी गराएका थिए ।

सर्वदलीय बैठकले गरेको अपिल र सुनसरीमा अवस्था नियन्त्रणका लागि भइरहेका प्रयासबारे सभापति लामिछानेले जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *