सर्लाही, १४ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि देशको राजनीति सहज नभएको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जन चाहनाअनुसार, काम हुन नसकेको औंल्याए । जनतामा निराश बढ्दै गएको उनले बताए । ‘देशको राजनीति सहज भइसकेको छैन,’ प्रचण्डले भने । 

सरकारका क्रियाकलापले नागरिकमा निरासा बढ्दै गएको उनले उल्लेख गरे। ‘जनता झन झस्किए जस्तो देखिन्छ,’ उनले भने । 

देशमा हुने राम्रो कामको मात्रै नभएर नराम्रा कामको पनि राजनीतिक नेतृत्वले जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो । सुनसरीको कप्तानगन्ज घटनाबारे बोल्दै उनले भने, ‘बेथिति र अराजकताको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *