सर्लाही, १४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । सभामुख आर्यालले बिहीबार राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।यसका साथै भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसदका गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचार–विमर्श भएको थियो ।

आज १४ दिनपछि प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुख अर्यालले राष्ट्रपतिसँग छलफल गरेका हुन् । बुधबार रास्वपा सभापति रवि लामिछानेले पनि राष्ट्रपतिसँग भेट गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *