सर्लाही, १४ साउन । सिरहामा उत्पन्न तनावपूर्ण अवस्थाबीच शान्ति-सुरक्षा कायम गर्न प्रहरीले हवाई फायर गरेको जनाएको छ। सो क्रममा चलाइएको गोली लागेर दुई जना घाइते भएका छन् ।
प्राप्त जानकारी अनुसार एक जनाको घाँटीमा र अर्का एक जनाको छातीमा गोली लागेको छ ।
दुवै घाइतेलाई तत्काल उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ। चिकित्सकका अनुसार उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।
