सर्लाही, १८ साउन । सुनकोशीमा खसेको कारमा ४ जना यात्रु रहेको खुलेको छ । रामेछाप-सिन्धुली-ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक सडकमा रोकिरहेको उक्त कार बसको ठक्करबाट सुनकोशीमा खसेको थियो ।

प्रहरीका अनुसार उक्त कारका धनी तिलकुमार लामा हुन् । लामा मध्यपहाडी (पुष्पलाल) आयोजनाका ठेकेदार हुन् । उनीसहित कारमा चारजना सवार थिए । प्रहरी, जनप्रतिनिधि र स्थानीय घटनास्थलमा खटिए पनि भेलका कारण उद्धार प्रभाावित भएको छ । अहिलेसम्म कोही पनि कारबाट निस्किन नसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *