सर्लाही, २० साउन । चर्चित भारतीय अभिनेता प्रदीप रावतको निधन भएको छ ।
ब्लड क्यान्सरबाट पीडित उनको ७४ वर्षको मंगलवार साँझ उपचारको क्रममा निधन भएको हिन्दुस्थान टाइम्सले जनाएको छ ।
उनी एक महिनाभन्दा बढी समयदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका थिए ।
रावतले ‘महाभारत’ सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका थिए। सरफरोस, लगान, गजिनीमा खलपात्रको भूमिकामा समेत देखिएका थिए ।
हिन्दीसहित तेलुगु र तमिल फिल्म खेलेका रावतले नेपाली फिल्म ‘आ बाट आमा’ र ‘ह्रस्व दीर्घ’मासमेत अभिनय गरेका थिए। यी दुबै फिल्म प्रदर्शनको बेला उनी नेपाल समेत आएका थिए ।
हालै ‘आबाट आमा-२’ को छायांकन सकिएको छ। यो सिनेमा रिलिज हुन भने बाँकी छ ।
रावतसँग सहकार्य गरेका निर्देशक चन्द्र पन्त, हरिहर शर्मा र विपना थापा लगायतले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन ।
