सर्लाही, २० साउन । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान ८ बजे जनाएअनुसार हाल देशभर साधारणतया बादल लागेको छ ।

कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।

देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

यसैगरी राति पनि देशभर साधारणतया बादल लाग्नेछ । कोसी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।

कोसी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग र मधेस प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *