सर्लाही, २० साउन । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोलसहित तीनजनालाई मंगलबार राती पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सलोखरीका करिब १९ वर्षीय सञ्जय दास, २० वर्षीय गुरुदेव दास र साबरजित दास रहेको प्रहरीले जनाएको  छ ।

प्रहरीका अनुसार मंगलबार राती करिब साढे १० बजेतिर धार्मिक पर्यटकीयस्थल फुलबारीधाम क्षेत्रबाट आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा साबरजित दासको साथबाट पेस्तोल र म्याग्जिन बरामद भएको हो ।

प्रहरी चौकी सीतापुरका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रदीप मधुवन (यादव) को नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी अनुसन्धानका लागि लहानस्थित  इलाका प्रहरी कार्यालय लहान लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पेस्तोल तथा म्याग्जिनसहित पक्राउ परेकाहरुलाइ हिरासतमा राखेर थप अनुसन्धान भइरहेको सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *