सर्लाही, २० साउन । भूमि समस्या समाधान समितिले अहिलेसम्म ९७ परिवारलाई जग्गा वितरण गरेको छ । जेठ २० गतेयता समितिले कोशी, लुम्बिनी, बागमती र सुदूरपश्चिमका गरी ९७ जनालाई जग्गाको पुर्जा वितरण गरेको हो । उनीहरूलाई ७२ हजार ७०६ वर्ग मिटरको ११२ कित्ता जग्गा वितरण गरिएको हो । 

जसमा कोशीका झापामा अर्जुनधारा नगरपालिकाकामा १७ अव्यववस्थित बसोबासीले जग्गा पाएइका छन् । उनीहरूलाई १७ कित्ता जग्गा वितरण गरिएको हो । 

बुद्धशान्ति नगरपालिकाका ५ अव्यवस्थित बसोबासीले जग्गा पाएका छन् । ८ कित्ता जग्गा वितरण गर्दा उनीहरूलाई ४२६०.२८ वर्गमिटर क्षेत्रफलको जग्गा दिइएको छ ।

कनकाई नगरपालिकामा ४ अव्यवस्थित बसोबासी र एक भूमिहीन दलित गरी पाँच परिवारले  जग्गा पाएका छन् । ७ कित्तामा उनीहरूलाई १५६२.७३ वर्गमिटर क्षेत्रफलको जग्गा प्रदान गरिएको छ । 

लुम्बिनीको बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकका ४ का २७ भूमिहीन सुकुम्बासी र २ भूमिहीन दलित परिवारले जग्गा पाएका छन् । ३९ कित्तामा उनीहरूले ३९१६२.५१ वर्ग मिटर क्षेत्रफलको जग्गा पाएका छन् । 

बागमतीको चितवनको इच्छाकामना  गाउँपालिका–७ का ३४ परिवारलाई जग्गा बाँडिएको छ । ३१ जना भूमिहीन सुकुम्बासी र ३ जना भूमिहीन दलितलाई जग्गा वितरण गरिएको हो ।

३४ कित्तामा उनीहरूले ३५३८.३१ वर्ग मिटर क्षेत्रफलको जग्गा पाएका छन् । यो रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधित्व गर्ने संघीय संसदको निर्वाचन क्षेत्र हो । साउन ८ गते उनीहरूलाई पुर्जा वितरण गरिएको हो । 

लुम्बिनीको बर्दिया बढैयाताल  गाउँपालिका ४ का २९ परिवारलाई ३९ कित्ता जग्गा वितरण गरिएको छ । जसमा २७ भूमिहीन सुकुम्बासी र २ भूमिहीन दलितले जग्गा पाएका छन् । उनीहरूलाई ३९१६२.५१ वर्ग मिटर क्षेत्रफलको जग्गा दिइएको छ । 

सुदूरपश्चिमको डडेल्धुरास्थित अजयमेरु गाउँपालिका–२ का ७ अव्यवस्थित बसोबासीलाई जग्गाको पुर्जा दिइएको छ । ७ कित्तामा उनीहरूले २४१८२.२३ क्षेत्रफल भएको जग्गा पाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *