काठमाडौं, २१ साउन । । सामाजिक सञ्जाल कम्पनी मेटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक पोस्ट हटाएको घटनामा माफी मागेपछि सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले त्यसको स्वागत गरेको छ ।

भाजपाका सांसद निशिकान्त दुबेले बिहीबार यसलाई भारतको कानुन, संविधान र संसदको जित भएको बताएका छन् ।

उनले भने, ‘यो भारतको कानुन, संविधान र संसदको जित हो। यो १४० करोड भारतीयका नेता प्रधानमन्त्रीको शक्ति पनि हो । यसबाट स्पष्ट हुन्छ कि भारतमा व्यवसाय गर्न चाहने जो-कोहीले पनि देशको कानुनको पालना गर्नुपर्छ ।’

केही समयअघि सूचना प्रविधिसम्बन्धी संसदीय स्थायी समितिले मेटाको स्वामित्वमा रहेका फेसबुक र इन्स्टाग्रामबाट प्रधानमन्त्री मोदीको एउटा भिडियो केही समयका लागि हटाइएको घटनाप्रति आपत्ति जनाउँदै कम्पनीसँग सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *