सर्लाही, २३ साउन । सर्लाहीको लालबन्दी नगरपालिका-७ स्थित तरकारी बजारमा घाँटीमा लगाएको सुनको सिक्री चोर्न खोज्ने एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार आज (शनिबार) बिहान करिब ८ बजे लालबन्दी नगरपालिका-१ का करिब ५० वर्षीय सरोजजंग राना तरकारी किन्न बजार पुगेका थिए । सोही क्रममा उनको घाँटीमा लगाएको करिब १.५ तोलाको सुनको सिक्री चोर्ने प्रयास भएको हो ।

तरकारी किनिरहेका रानाको घाँटीमा रहेको सुनको सिक्री कपडाले छोपेर निकाल्ने प्रयास गरिरहेको अवस्थामा पर्साको वीरगञ्ज महानगरपालिका-२२, चण्डाल चोकका करिब २० वर्षीय बैधनाथप्रसाद राउतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले राउतलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *