सुदूरपश्चिममा सभामुखले बोलाएको सर्वदलीय बैठक कांग्रेसले बहिष्कार गर्ने

Byसदाम हुसैन

२०८३ आश्विन ३०, शुक्रवार २०८३ आश्विन ३०, शुक्रवार २०८३ आश्विन ३०, शुक्रवार

सर्लाही, ३० असोज । सुदूरपश्चिम प्रदेशको बजेट विवादलगायतका विषयमा छलफल गर्न सभामुख भीम भण्डारीले बोलाएको सर्वदलीय बैठक नेपाली कांग्रेसले बहिष्कार गर्ने भएको छ ।

आज बिहान ११ बजे प्रदेश सभा भवनमा बैठक आह्वान गरिएको छ। तर, कांग्रेसले उक्त बैठकमा सहभागी नहुने जनाएको छ ।

प्रतिपक्षी दलको उपस्थितिबिनै बजेट पारित गराएको भन्दै कांग्रेस सरकारसँगै सभामुखसँग पनि रुष्ट बनेको छ ।

‘प्रतिपक्षी बेन्च खाली हुँदाहुँदै पनि सभामुखले बजेट अगाडि बढाउनुभयो। गलत बजेट पारित गराउन उहाँले पनि भूमिका खेल्नुभयो,’ कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले भने, ‘अब हामी बैठकमा आउँदैनौँ ।’

शाहले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बहिष्कार गर्ने बताए ।

प्रदेश सभा सचिवालयले सर्वदलीय बैठकको लागि दलका नेता र प्रमुख सचेतकलाई हिजै खबर पठाइसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *