सर्लाही, २६ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला २९ साउनमा हुने इतर समूहको राष्ट्रिय भेलाको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।
उक्त भेला पार्टी विभाजन गर्ने भेला नभएकाले कोइराला सहभागी हुन लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
‘त्यो कुनै पार्टी विभाजन गर्ने भेला नभएकाले उक्त भेलामा सहभागी भएर डा कोइरालाले पार्टी एकताकै लागि आह्वान न गर्नुहुनेछ,’ कोइरालाको सचिवालयले भनेको छ ।
