सर्लाही, २७ साउन । सर्लाहीमा स्रोत नखुलेको नेपाली रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतबाट सर्लाहीको बयलबासतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार भारतबाट ज.१० प ८६५२ नम्बरको स्कुटरमा हुण्डी कारोबारको रकम लिएर आउँदै गरेको गोप्य सुचनाको आधारमा प्रहरीले स्कुटर रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा स्कुटर चालकले बोकेको कालो झोलाभित्र लुकाइछिपाई राखिएको स्रोत नखुलेको रु. ५१ लाख ३४ हजार बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद रकममा रु. १ हजार दरका ३ हजार ५०० थान, रु. ५०० दरका ३ हजार १०८ थान, रु. १०० दरका ७०० थान र रु. ५० दरका २०० थान नोट रहेका छन् ।

प्रहरीले रकमसँगै स्कुटर र रेडमी कम्पनीको एक थान मोबाइलसमेत बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–११ बस्ने ५७ वर्षीय जगन्नाथ महतो कोइरी रहेका छन् । पक्राउ परेका कोइरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *