सर्लाही, २७ साउन । सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा मङ्गलबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय इद मन्सुर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । आफ्नै घरमा वाइरिङ गर्ने क्रममा करेन्ट लागेर मन्सुर गम्भीर घाइते हुनुभएको थियो ।

करेन्ट लागेर घाइते भएका मन्सुरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदै गर्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी गौतमले बताउनुभयो । मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *