सर्लाही, ३१ साउन । नेपाल आयल निगमले आज (आइतबार) पनि काठमाडौँका ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री–वितरण गर्ने भएको छ ।
निगमले जारी गरेको सूचनाअनुसार आज टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री गरिनेछ ।
त्यस्तै बुढानिलकण्ठस्थित पशु सेवा शाखा, चापलीबाट नेपाल, एचपी र भानु ब्रान्डका ग्यास बिक्री गरिनेछ ।
अनि कीर्तिपुरस्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका ग्यास बिक्री गरिनेछ ।
यसैगरी नयाँ बजारस्थित जुडो हल परिसरबाट नेपाल, एचपी र ओम, नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम, बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ ।
चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद केन्द्रबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री–वितरण गरिने निगमले जनाएको छ ।
निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको दाबी गरेको छ ।
बिक्री–वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्नसमेत अनुरोध गरेको छ ।
साथै, कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।
