सर्लाही, ०१ भदाै । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारत र नेपालबीचको खुला सीमा बन्द गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै भारत जान पनि भिसा सिस्टम बनाउनुपर्ने बताए ।
उनले भने, ‘भारत र नेपालबीचको खुला सीमा राख्न हुँदैन । भिसा सिस्टम बनाऔँ । सील गरौँ । ताकि थाहा होस् कति नेपाली भारत गएर बसिरहेका छन्, कति लाख भारतीय नेपालमा आएर बसिरहेका छन् ।’
उनले खुला सीमाना हुँदा मानव बेचविखनसहित विभिन्न आपराधिक गतिविधि बढेको बताए ।
उनले भने, ‘दुनियाँमा कतै नभएको भारत र नेपालको सिमाना चाहिँ खुला हुनुपर्ने ? यसलाई पनि हामीले बन्द गर्नुपर्छ, भिसा सिस्टम लागू गर्नुपर्छ । र रेकर्ड राख्नुपर्छ ।’
