सर्लाही, ०१ भदाै । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको इजलास तोकिएको छ ।
श्रेष्ठको मुद्दा सर्वाेच्च अदालतमा न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको हो ।
पत्रकार श्रेष्ठलाई प्रहरीले समाचार प्रकाशनको विषयलाई लिएर गत बुधबार पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि उनकी श्रीमती सरस्वती श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै ढकालको इजलासले आज श्रेष्ठ र उनको घर तथा कार्यालयबाट जफत गरिएका सामानसहित उपस्थित गराउन भनेको थियो ।
