सर्लाही, ०३ भदाै । गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर दिएको अभिव्यक्ति मजाक मात्र भएको जिकिर गरेका छन् ।
रास्वपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले मतदातासँग जोक गरेको बताए । “हामी त्यहाँभित्र बसेर सल्लाह गरेको कुरा जोक होइन त ?” भोट फिर्ता कसरी गर्न मिल्ने रहेछ भन्ने पत्रकारको प्रश्नमा उनले थपे, “आफ्नो मतदातासँग जोक गर्नु हुँदैन त ?”
गृहमन्त्री गुरुङ गत हप्ता गोरखाको नाम्जुङ पुग्दा त्यहाँका पार्टीका स्थानीय नेताले स्वास्थ्य चौकीमा ल्याब स्थापना गर्ने चुनावी बाचा सम्झाएका थिए । त्यसपछि झोक्किएका गुरुङले चार महिनामा सबै काम नहुने भन्दै भोट फिर्ता लैजान भनेका थिए ।
