काठमाण्डाै, ०३ भदाै ।  भारतको पश्चिम बङ्गाल राज्य कोलकाताको एक होटलमा गएराति आगलागी हुँदा कम्तीमा नौ जनाको ज्यान गएको छ ।

६ जना घाइते भएका छन् । मिर्जा गालिबमा रहेको होटलमा आगलागी भएको हो ।

आगलागीमा परी ज्यान गुमाउनेहरु बङ्गलादेशी नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको उद्धारमा खटिएको अग्निनियन्त्रक टोलीले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार उनीहरू उपचारका लागि कोलकाता आएका थिए । आगो निभाइएको छ तर आगलागीको कारण खुल्न सकेको छैन । पश्चिम बङ्गालमा दुई दिनको अवधिमा होटलमा आगलागी भएको यो दोस्रो ठूलो घटना हो ।

यसअघि सोमबार पनि तारापीठको एक होटलमा आगलागी हुँदा आठ जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *