सर्लाही, ०३ भदाै । भारतको बिहारस्थित मोतिहारी जिल्लाको सुगौलीमा गाँजासहित एक नेपाली युवक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण अभियानअन्तर्गत सुगौली प्रहरीले बारा जिल्लाका एक युवकलाई ७५० ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जितपुर उपमहानगरपालिका–१ निवासी राजन मुखिया रहेका छन् । उनी रमाकान्त मुखियाका छोरा हुन्।

सुगौली थानाका प्रभारी अनिश कुमार सिंहका अनुसार मंगलवार प्राप्त गोप्य सूचनाका आधारमा प्रहरीले विशेष निगरानी बढाएको थियो। सोही क्रममा शंकास्पद गतिविधिमा रहेका राजनलाई नियन्त्रणमा लिएर जाँच गर्दा उनको साथबाट ७५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गाँजा नियन्त्रणमा लिँदै पक्राउ परेका युवकविरुद्ध भारतीय कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *