सर्लाही, ०४ भदाै । जनता टेलिभिजनका अध्यक्ष विजयपसाद पौडेल पक्राउ परेका छन् ।

पौडेललाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । उनका अनुसार पौडेलविरुद्ध डेढ लाखको चेक बाउन्सको उजुरी प्रहरी वृत्त सिंहदरबारमा परेको थियो ।

उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *