सर्लाही, ०४ भदाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबै पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी परेको छ । 

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले यस विषयमा जानकारी दिएका हुन् । सांसदले सोधेको प्रश्नको उत्तरमा अख्तियार प्रमुख राईले जिवित रहेका सबै पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी आएको बताए । 

‘पूर्वप्रधानमन्त्रीमाथि उजुरीको कुरा गर्नुभयो। सबैको उजुरी आएको छ, हेर्छौं,’ अख्तियार प्रमुख राईले भने । 

उनले यस विषयमा धेरै खुलाउन नमिल्ने बताए । ‘योभन्दा बढी भन्न मिलेन,’ राईले थपे, ‘उजुरीबारे हेर्दै छौं ।’

अहिले सात जना पूर्वप्रधानमन्त्री र एक जना मन्त्रिपरिषद्का अध्यक्ष जिवित रहेका छन् । जसमा सुशीला कार्की, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *