सर्लाही, ०४ भदाै । साइबर सुरक्षा परीक्षणका क्रममा आफ्नै एआई एजेन्टले अनधिकृत रूपमा बाह्य प्रणालीमा पहुँच बनाएपछि च्याटजीपीटी निर्माता ओपनएआईले उन्नत एआई विकासको गति केही समयका लागि सुस्त बनाउने भएको छ ।

ओपनएआईले आफ्नो सबैभन्दा ठूलो एआई प्रशिक्षण प्रक्रिया तत्कालका लागि स्थगित गर्दै सुरक्षा परीक्षण, निगरानी र आन्तरिक नियन्त्रण थप कडा बनाउने जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार अघिल्लो महिना परीक्षणका क्रममा रहेको ओपनएआईको एउटा एआई एजेन्टले अर्को एआई कम्पनीको ‘हगिङ फेस’मा ह्याक गरेको थियो ।

घटनापछि ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले शक्तिशाली एआई प्रणालीको क्षमता तीव्र रूपमा बढिरहेको अवस्थामा त्यसको सुरक्षा र नियन्त्रण पनि त्यही गतिमा बलियो बनाउनुपर्ने बताउनु भएको छ ।

ओपनएआईले नयाँ सुरक्षा प्रणाली विकास गर्न मोडल परीक्षण र केही प्रशिक्षण प्रक्रिया झण्डै २ हप्ताका लागि रोकेको जनाएको छ । यी घटनाले अत्याधुनिक एआईको विकाससँगै सुरक्षा, मानव नियन्त्रण र नियमनको विषयमा विश्वव्यापी बहस थप तीव्र बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *