सर्लाही, ०५ भदाै । काठमाडौंको बाँसबारीमा जमिन भासिएपछि साढे दुईतले घर पल्टिएको छ ।

बाँसबारीस्थित हरि श्रेष्ठको साढे दुईतले घरमा दार्चुलाका नरबहादुर बमले सञ्चालन गर्दै आएको न्यु गण्डकी गेस्टहाउस जमिन भासिएपछि पल्टिएर डाँडामा रहेको बाँसको झ्याङमा अडेस लागेको हो ।

अचानक जमिन भासिएपछि घर पल्टिएको प्रहरीले जनाएको छ । गेस्टहाउसमा घटना हुँदा कोही पनि नरहेकाले मानवीय क्षति हुनबाट जोगिएको छ ।

घटनापछि महाराजगञ्ज प्रहरी टोलीले घटनास्थल आसपास माइकिङ गरी स्थानीय बासिन्दालाई सचेत गराएको छ ।

घटनाको कारण तथा जमिन भासिनुको अवस्थाबारे थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *