सर्लाही, ०६ भदाै । मधेश प्रदेशका सर्लाही, महोत्तरी र रौतहट जिल्ला तथा मित्रराष्ट्र भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्लाबीचको खुला सीमा क्षेत्रमा शान्ति सुरक्षा, सुशासन, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल–भारत जिल्ला सीमा समन्वय समिति (BDCC) को उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाको सभाहलमा आज भदौ ६ गते सम्पन्न बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

बैठकमा खुला सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौती, सीमापार अपराध नियन्त्रण, सीमा व्यवस्थापन, आपसी समन्वय तथा विपद्का समयमा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

बैठकमा नेपाल र भारतका सम्बन्धित जिल्लाका सुरक्षा तथा प्रशासनिक अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न तथा दुई देशका सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *