सर्लाही, ०८ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदलको बैठक बसिरहेको छ । 

मुख्य सचेतक कविन्द्र बुर्लाकोटी संयोजकत्वमा गठित कार्यदलको आज दोस्रो बैठक विहान ८ बजेदेखि बसेको हो । 

रास्वपाले  संसदीय दलको विधानमा आवश्यकता अनुसार संशोधन गर्न ३ भदौमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदललाई सात दिनको समयसीमा दिइएको थियो । कार्यदलले १० भदौमा प्रतिवेदन बुझाउनेछ । 

उपनेता गणेश पराजुलीकाअनुसार संसदमा उपस्थित हुँदै गर्दा कम्तीमा संसद्को मर्यादा, आफ्नो जिम्मेवारी, जनपक्षीय आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउन विधान संशोधन गर्न लागिएको हो । 

कार्यदलमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, डा. राम लामा, टीका संग्रौला, शिवजी यादव, पुष्पा चौधरी, समिना मियाँ, स्मृति सेन्चुरी र पारशमणि गेलाल सदस्य छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *