सर्लाही, ११ भदाै । भोटेकोसीमा आएको बाढीबाट पीडितका लागि लगिएको राहत सामग्री नुवाकोटको त्रिशूली पुर्याइएको छ ।
नेपाली सेनाले ११ ट्रक राहत सामग्री त्रिशूली पुर्याइसकेको जानकारी दिएको हो ।
अब त्यहाँबाट हेलिकप्टरमा आवश्यकताअनुसार प्रभावित क्षेत्रमा लैजाने र वितरण गर्ने सेनाको तयारी छ। केही ठाउँमा लैजाने काम भइरहेको छ ।
हालसम्म ४ सटल राहत सामग्री टिमुरे पुर्याइसकेको छ ।
यस्तै मेडिकल टिम थप गरी त्रिशूलीमा घाइतेहरूको उपचार पनि भइरहेको सेनाले जनाएको छ ।
