सर्लाही, ११ भदाै । रसुवा बाढी प्रभावित समुदायका लागि कुमारी बैंकले रु. ३ करोड ३९ लाख बरबारको- आर्थिक सहयोग गरेको छ ।
बैंकले राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ३ करोड आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
साथै, बैंकले विपद् प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब रु.३९ लाख बराबरको ५ वटा अत्याधुनिक एआई जडित ड्रोन ३ वटा ५ केभीए क्षमताकाे जेनेरेटर र १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ ।
बैंकले बाढी प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायहरूलाई राहत, उद्धार तथा पुनस्र्थापना कार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गरेको छ ।
