सर्लाही, १३ भदाै । विश्वको लोकप्रिय सर्च इन्जिन गुगलले नेपालमा बाढी तथा प्राकृतिक विपद्को बेला नागरिकहरूलाई छिटो र सहज रूपमा सूचना दिन ‘आपतकालीन सूचना सेवा’ सुरु गरेको छ ।

यो सेवा सञ्चालनमा आएपछि अब बाढी वा अन्य विपद्को जोखिम हुँदा गुगलको गृहपृष्ठ (होम पेज) मा ‘नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्स’ (Nepal Flash Flood Emergency Info and Updates) नामकाे लिङ्क देखिनेछ ।

उक्त लिङ्कभित्र प्रवेश गरेपछि प्रयोगकर्ताले विपद्ग्रस्त क्षेत्रको नक्सा, विनाशकारी बाढीसम्बन्धी गुगलका ‘बाढी अलर्ट’ हरू र विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारहरू एकै ठाउँमा हेर्न सक्नेछन् ।

आपतकालीन अवस्थामा नागरिकलाई सचेत गराउन र सही सूचना प्रवाह गर्न यो सेवा प्रभावकारी हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *