सर्लाही, १४ भदाै । भोटेकोशी बाढीमा फसेकाको उद्धार एवं राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब बढी रकम जम्मा भएको छ ।

प्रधानमन्त्री बालेन शाहका अनुसार  ९ वटा वाणिज्य बैंकको खाताहरूमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ  रकम जम्मा भएको हाे । 

यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको उनले बताए ।

साथै प्रधानमन्त्री बालेनले सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र आधिकारीक खातामा रकम जम्मा गर्न आग्रह गरेका छन् । 

उनले भनेका छन् ‘विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष)मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *