काठमाण्डौ, १५ भदाै । रसुवागढी–केरुङबाट आयात गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकाबाट आउन थालेका छन् ।
नेपाल–चीनबीचको (रसुवागढी-केरुङ) नाका विनाशकारी बाढीका कारण पूर्ण रुपमा क्षति भएसँगै कोरलानाकाबाट मालवस्तु र कन्टेनरहरु आउन थालेका हुन् ।
मुस्ताङको जोमसोममा रहेको सशस्त्र प्रहरीको चेकपोष्टबाट हिजो ६६ मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ । सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्ण रुपमा बन्द भएपछि कोरलानाकाबाट मालवस्तु पैठारी गर्ने कन्टेनरको सङ्ख्या बढिरहेको जनाएको छ ।
कोरलानाकालाई वैकल्पिक नाका रुपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलाको मुस्ताङ भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८२ /०८३ मा छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो ।
यसैगरी, यो आर्थिक वर्षको पहिलो साउन महिनामा २९ करोड राजस्व सङ्कलन भएको थियो । मुस्ताङ भन्सार कार्यालयमा अहिले १८ जनाको दरबन्दी रहे पनि १२ जना मात्रै कर्मचारी कार्यरत रहेको मुस्ताङ भन्सार कार्यालले जनाएको छ ।
