सर्लाही, १६ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
भोटेकोसी बाढीपछिको क्षति, खोजी, उद्वार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बैठक रास्वपा संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने प्रवक्ता जगदिश खरेलले बताए ।
खरेलकाअनुसार उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन सम्बन्धी छलफलका लागि बैठक बस्न लागेको हो ।
यसअघि बाढीलगत्तै बसेको सर्वदलीय बैठकबाट नेपालमा विपद्को दिगो समाधान र पूर्वतयारीका सम्बन्धमा १० बुँदे साझा सङ्कल्प पारित भएको थियो ।
‘साझा सङ्कल्पको बुँदा नम्बर १० मा बमोजिम विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यहरूलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दिगो र दीर्घकालीन समाधान खोज्नु नितान्त आवश्यक छ ।
यसै तथ्यलाई मनन गर्दै विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न एक ‘संसदीय समिति’ (उच्चस्तरीय सर्वदलीय संयन्त्र) गठन गर्ने हाम्रो सहमति भएको थियो,’ प्रवक्ता पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, सो प्रक्रियालाई अविलम्ब अगाडि बढाउने विषयमा छलफल गर्न बैठक आयोजना गरिएको छ ।’
